९ मंसिर २०८१, आईतवार
चितवन क्षेत्र नम्बर २ का सांसद एवम् कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले आधुनिक प्रविधि र यान्त्रीकरण विना व्यवसायीक धान खेती सम्भव नरहेको भन्दै यसतर्फ आकर्षित हुन किसानहरुलाई आग्रह गरेका छन् ।
असार १५ धान दिवसको अवसरमा भरतपुर २६ दिव्यनगरमा आयोजना भएको कार्यक्रमा बोल्दै प्रमुख अतिथि पोखरेलले यस्तो बताएका हुन् ।
परम्परागत तथा जिविकोपार्जनका खेतीपातीले देशको खाद्य अभावको अवस्थालाई टार्न नसक्ने भन्दै उनले विकसित प्रविधि अंगालेर व्यवसायीक उत्पादनमा लाग्न आग्रह गरेका हुन् । किसान भएर बाँच्नुको भिन्दै आनन्द र इज्जत रहेको उल्लेख गर्दै सांसद पोखरेलले भने,‘अरु क्षेत्रबाट जे जति जडिपीमा योगदान रहे पनि कृषिलाई कसैले कम आकलन गर्न सक्दैनन ।
व्यवसायीक कृषि कर्म नै आजको आवश्यकता रहेकाले मास प्रोडक्सनका लागि आधुनिक कृषि प्रणालीको उपयोग उत्तम हुने उनले बताए । कृषकहरुलाई प्रोत्साहन गर्न राज्यका थुप्रै सहयोग योजनाहरु रहेकाले वास्तविक किसान समक्ष उक्त योजनाहरु पु¥याउन सके नेपाललाई पुन सवै खाले खाद्य वालीमा निर्भर गराउन सकिने सांसद पोखरेलले बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल अविनाशले कृषिजन्य वस्तुको आयात प्रतिस्पधान गर्न आधुनिक कृषि प्रणलीलमा जवरजस्ती लाग्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, राष्ट्रिय वीउविजन समितिका अध्यक्ष मित्रराज दवाडीलगायतले आधुनिक कृषि प्रणालीको महत्वबारे बोलेका थिए ।