१० मंसिर २०८१, सोमबार
गएको चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घन्टा खुल्ने भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य सम्मपन्न भएको छ । धावनमार्ग मर्मतकार्य सकिएसँगै आजबाट त्रिभुवन विमानस्थल २१ घण्टा नै सञ्चालनमा आउने भएको छ ।
४० वर्षपछि त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै विगत ३ महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि पूर्ववत रूपमै सञ्चालनमा आएको हो । धावनमार्ग मर्मतका सयममा राति १० बजेदेखि बिहान ८ बजेसम्म सबै उडान बन्द हुँदै आएको थियो ।
विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थलको भित्री सडकको निर्माणको काम भने २ महिनापछि शुरु हुने विमानस्थल स्रातले जनाएको छ ।