२ चैत्र २०८२, सोमबार
एजेन्सीः आज दक्षिण अमेरिकी देशहरू चिली र अर्जेन्टिनामा खग्रास सूर्यग्रहणकाे प्रभाव पर्नेछ ।
सूर्यग्रहणका बेलामा दक्षिण अमेरिकी देशहरू चिली र अर्जेन्टिनामा बढि प्रभाव परेर अँध्यारो हुनेछ । भने अन्य स्थानमा सूर्यग्रहण प्रभाव कम पर्नेछ ।


दक्षिण अमेरिकामा दिउँसो हुँदा नेपालमा राति हुनाले नेपालबाट सूर्यग्रहण देखिने छैन । त्यसैले यहाँ सूतक बारिरहनु नपर्ने र प्रभाव पनि पर्ने छैन ।
सूर्यग्रहण नेपाली समयअनुसार राति १० बजेर ४० मिनेटमा शुरू भएर चार मिनेट तीन सेकेन्डसम्म रहनेछ ।
सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा हुँदा सूर्यग्रहण लाग्ने गर्छ । चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीमा आउन रोक्दा सूर्यग्रहण लाग्ने गर्छ ।
सूर्य पूरै छोपिने अवधि चार मिनेट मात्र भए पनि दिनभरि नै खण्डग्रास सूर्यग्रहणहरू देखिनेछन् ।