२ चैत्र २०८२, सोमबार
लोकसेवा आयोगले मागेको विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् ।
आयोगले मागेको ९ हजार १ सय ६१ पदमा विज्ञापन भन्दा ४८ गुणा बढी आवेदन परेको हो ।


जसमा खुलातर्फ चार लाख ३४ हजार ७६४, १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, ३ हजार ९१ जना दलित, १ सय ४६ जना अपांग र १ सय १६ जना पिछडिएका क्षेत्रका आवेदनकर्ताले आवेदन दिएका छन् ।
विज्ञापन आवेदनबाट मात्रै १४ करोड, ४ लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ ।