शाओमीको रेडमी नोट ७ प्रो नेपाली बजारमा

होमल्याण्ड खबर

२०७६ असार २३ गते, सोमबार ११:१९ मा प्रकाशित

शाओमीले नेपालमा रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ७ प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि  भएको र जसले जीवनको मूल दर्शन र सबैका लागि नवीनतम सृजना ल्याएको बताए । 

रेडमी नोट ७ प्रो अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको बताइएको छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ । त्यति मात्रै नभएर ६.३ इन्च, २३४० बाइ १०८० पिक्सेल एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनलाई सबैभन्दा शीर्ष बनाएको छ ।

रेडमी नोट ७ प्रो को पछिल्लो भागमा रहेको गोरिला ग्लास ५ ले गर्दा फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग छ र क्वालकम क्विईक चार्ज चारलाई समर्थन गर्दछ । यसमा रेडमी नोट ७ प्रो ग्रेडियन्ट डिजाइन जस्ता विशेषता रहेका छन् । यो स्पेस ब्ल्याक, नेबुला रेड तथा नेप्चुन ब्लु कलरहरुमा उपलब्ध रहेको छ । औरा डिजाइनल भएको रेडमी नोट ७ प्रो मा कलर र गोरिला ग्लास ५ मात्र नभएर सम्पूर्ण पूर्जाहरु एकसाथ मिलेर रेडमी नोट ७ प्रोलाई एक सुन्दर कार्यात्मक यन्त्र वा उपकरण बनाएका छन् । फोनसँगै शाओमीले प्रयोगकर्तालाई ४८ एमपी फोटो लिन मिल्ने स्मार्टफोन क्यामेरा, रेडमी नोट ७ प्रो प्रस्तुत गरेको छ । यस लाइनको सबैभन्दा शीर्ष सोनी आईएमएक्स ५८६  सेन्सर तथा स्पेक्ट्रा २५० एल आईएसपीको एडभान्स सिग्नल प्रोसेसिंगले गर्दा रेडमी नोट ७ प्रो कुनै पनि ह्यान्डी क्यामेरा भन्दा बढी छ जुन पकेटमा फिट हुन्छ ।