२ चैत्र २०८२, सोमबार
काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा आज पनि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय भएका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

बिहीबार दिनभर अधिकांश क्षेत्रमा पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमका केही र मध्य तथा पूर्वका थोरै स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान छ ।
आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।
देशभर वर्षा हुने भएकाले नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले स्थानीय बासीन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।