देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षाः बाढी पहिरोको सम्भावना बढी, सतर्क रहन आग्रह

होमल्याण्ड खबर

२०७६ असार २७ गते, शुक्रबार १०:२७ मा प्रकाशित

देशका अधिकांश स्थानमा आज शुक्रबार पनि बिहानैदेखि वर्षा भइरहेको छ । शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अझै केही दिनसम्म देशभर पूर्ण बदली रहि धेरैजसो स्थानहरुमा मनसुनी वर्षा भईरहने छ ।

देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ ।

यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविदको आग्रह छ ।

शुक्रबार दिनभर पानी पर्ने क्रम नरोकिने भएकाले नदीहरुमा जलको वहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने पनि महाशाखाको सूचनामा उल्लेख छ । साथै, देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएको छ ।