यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो, दुई घाइते

होमल्याण्ड खबर

२०७६ असार २७ गते, शुक्रबार १२:०५ मा प्रकाशित

यति एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ६ मिनेटमा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको हो ।

विमानस्थल कार्यालयका अनुसार जहाजका दुई यात्रु घाइते भएका छन् भने अरुलाई सकुशल उद्धार गरिएको छ ।

घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ ।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ ।