जनकपुरमा अविरल वर्षाः अस्पताल तथा शैक्षिक संस्था बन्द

होमल्याण्ड खबर

२०७६ असार २७ गते, शुक्रबार १२:१७ मा प्रकाशित

लगातार अविरल वर्षाका कारण धनुषाको अस्पताल लगायत सो क्षेत्रका बासिन्दाहरुको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण सो क्षेत्रका स्कुल तथा कलेज पनि बन्द भएका छन ।

अत्याधिक वर्षा भएपछि जनकपुरधाम नगरमा मात्र एक हजार भन्दा बढी घरमा पानी पसेको स्थानीयबासीहरुको भनाइ छ ।

जनकपुरधाम पूरै जलमग्न भएको छ । जनकपुरधामको मुल सडकहरुमा २ फिट भन्दा माथि पानी जमेको छ ।

जनकपुरधामको शिक्षण सस्थान पनि प्रभाबित भएको छ । विद्यालयहरुमा पानी पसेका कारण दर्जनौ विद्यालय क्याम्पसहरु संचालनमा आएको छैन ।

जनकपुर अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीलाइ उपचारमा समस्या भइरहेको छ ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालय सहित सरकारी कार्यालयहरुमा पानी पसेको छ ।

लाखौं रुपैया खर्चेर नाला र सडक बनाइएपनि नाला जामका कारण जनकपुरधाममा बढी समस्या देखिएको छ ।