२ चैत्र २०८२, सोमबार
बाढी र पहिरोले देशभरका प्राय राजमार्ग र मुख्य सडकहरु अवरुद्ध भएका छन् । राजमार्गका कतै पुल भत्किएका छन् भने कतै पहिरो र सडक नै बगाएको अवस्था छ ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ भने कतै एकतर्फी रुपमा सडक संचालन गरिरहेको छ । साथै यात्रा गर्दा आफ्नो गन्तव्यसम्मको सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नसमेत अनुरोध गरेको छ ।


यस्तो छ मुख्य सडकहरुको अवस्थाः
महेन्द्र राजमार्गः महोत्तरीको झप्सि खोलामा पुल भत्किएर बाटो अवरोध भएकोमा पानी बहाव घटेसँगै बिहान १०ः३० बाट डाइर्भसन मार्फत एकतर्फी सवारी संचालनमा आएको ।
वीपी राजमार्गः सिन्धुलीको गलनजोर गाउँपालिका र सुनकोशी गाउँपालिकामा गएको पहिरोको कारण एकतर्फी संचालनमा आउको ।
त्रिभुवन राजपथः कुनै अवरोध नरहेको ।
पृथ्वी राजमार्गः कुनै अवरोध नरहेको ।
कुलेखानी मार्गः फाकेल लगायत विभिन्न स्थानमा पहिरो गएका कारण पूर्ण रुपमा ठप्प ।
सिदार्थ राजमार्गः पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेकोर अवरुद्ध रहेकोमा बिहान १० बजेदेखि एकतर्फी संचालनमा ।
मध्य पहाडि लोकमार्गः खुर्केट–उदयपुर सडक खण्डका विभिन्न स्थानमा पहिरो गएको र पूर्ण रुपमा सवारी आवागमन ठप्प ।