१० मंसिर २०८१, सोमबार
एजेन्सीः आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको छ ।
लण्डनमा आइतबार भएको रोमान्चक फाइनल खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
इंग्ल्याण्डले घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधिसँगै ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । जुन पुरस्कार अहिलेसम्म कै सर्वाधिक रकम हो ।
यस्तै उपविजेता बनेको न्युजिल्याण्डले २० लाख अमेरिकी डलर प्राप्त गरेको छ ।
यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोली अष्ट्रेलिया र भारतले ८/८ लाख डलर प्राप्त गरेको छ ।