बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० बेपत्ता (अपडेट)

होमल्याण्ड खबर

२०७६ असार ३० गते, सोमबार १०:१७ मा प्रकाशित

अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या सोमबार बिहान सम्म ६५ पुगेको छ। त्यस्तै बेपत्ता हुनेको संख्या ३० पुगेको छ ।

बिहीबारदेखि आएको बाढी पहिरोका कारण मृत्यु हुने महिलाहरु २४ जना छन् भने, पुरुष ४१ जना रहेका छन् । त्यस्तै बेपत्ता हुने महिलाहरु १२ जना छन् भने, पुरुष १८ रहेका छन् ।

यसैगरी ३८ जना घाइते भएका छन् । जसमा महिला १७ जना र पुरुष २१ जना रहेका छन् ।

प्रहरी प्रधान कार्यालयको आज बिहान ७ बजेको अपडेटअनुसार बाढी पहिरोमा फसेका १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको छ ।