२ चैत्र २०८२, सोमबार
गत हप्ता आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको छ भने २९ जना अझै बेपत्ता भएका छन् ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार ४१ घाइते र झण्डै १२ हजार घर धुरी विस्थापित भएका छन् । घाइते मध्ये ११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने अन्य घर फर्किसकेका छन् ।


सबैभन्दा बढी रौतहटमा १०, ललितपुर र सिराहामा ६/६ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा ५/५ जनाकाे मृत्यु भएकाे छ ।
त्यस्तै ओखलढुंगा, महोत्तरी र डोल्पामा ४/४ तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौंमा ३/३, सुनसरी, बारा, धादिङ र दाङमा २/२, इलाम, पाँचथर, संखुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा १/१ जनाको मृत्यु भएको हो।
