२ चैत्र २०८२, सोमबार
कैलालीको धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार साँझ शक्तिशााली विस्फोट हुँदा घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ ।
विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति सवा ११ बजे मृत्यु भएको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।
बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ ।