आगामी तीन दिन प्रमुख तथा साना नदीहरुमा बाढी आउनेः सर्तक रहन आग्रह

होमल्याण्ड खबर

२०७६ श्रावण ३ गते, शुक्रबार १०:१९ मा प्रकाशित

आगामी ३ दिनसम्म वर्षा हुने भएकोले देशका मुख्य नदीहरुमा बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

खासगरि पूर्व र मध्य क्षेत्रमा बाढीको सम्भावना भारी वर्षा हुने भएकोले ठूला तथा मझौला नदीहरुमा बाढी आउने भएकोले सर्तकता अपनाउन आग्रह गरिएको हो ।

बिशेष गरि इलाम, झापा, मोरंग, सुनसरी, सप्तरी, मकवानपुर, सिन्धुली, सर्लाही, रौतहट, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा, दाङ र आसपासका जिल्लाको पहाड र चुरेबाट बहने नदीहरुमा आकस्मिक बहाव बढ्ने हुनाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको हो ।