विषादी परीक्षण गर्न अत्याधुनिक उपकरण ल्याउने काठमाडौं महानगरको तयारी

होमल्याण्ड खबर

२०७६ श्रावण ५ गते, आईतवार १५:२८ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान ल्याउने भएको छ । पछिल्लो समय तरकारीमा विषादीको मात्रा अत्याधिक रहेको खबर फैलिएसँगै महानगरले यो योजना अघि सारेको हो ।

काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विषादी परीक्षण गर्ने उपकरण खरिद गर्न लागिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘विषादीको प्रयोग नभएको तरकारी तथा फलफूलमात्र बिक्री–वितरण गर्न नियमित रुपमा गुणस्तर परीक्षण गरिनेछ’ प्रवक्ता डंगोलले भने, ‘यसका लागि अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान प्रयोगमा ल्याइनेछ ।’

विषादी परीक्षण मेसिन प्रयोगमा आएपछि वस्तुको गुणस्तर मापदण्डअनुसार भए/नभएको थाहा हुनेछ ।