धादिङको खयरघारीमा बस र माइक्रो एकआपसमा ठोक्किँदा १२ जना घाइते

होमल्याण्ड खबर

२०७६ श्रावण ६ गते, सोमबार १०:०२ मा प्रकाशित

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा बस र माइक्रो एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौं जाँदै गरेको बा५ख२१५१ नम्बरको माइक्रो विपरित दिशाबाट आउँदै गरेको लु २ख२१३४ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो ।

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको जिल्ला प्रहरी कार्यलय धादिङले बताएको छ ।

घाइतेहरु सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ । यद्यपि घटनाको विस्तृत विवरण भने आउन बाँकी छ रहेको प्रहरीले बताएको छ ।