९ मंसिर २०८१, आईतवार
अत्यन्त लोकप्रिय एप टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेका छन् ।
टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ । एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन् ।
टिकटक निर्माता बाइट–डान्सले मोबाइल बनाउने व्यवसाय सुरु गर्नको लागि उपकरण निर्माता समार्टीसनको प्याटेन्ट र कर्मचारी किनिसकेको छ । बाइटडान्सले अरु पनि कयैन लोकप्रिय भिडियो र समाचार एपको निर्माण गरेको भए पनि टिकटक अत्यन्त धेरै लोकप्रिय रहेकाले उसको परिचय नै टिकटकसँग जोडिएको छ ।
यो एप यति धेरै चर्चित छ कि यसले हालै उबरलाई उछिनेर विश्वको सबैभन्दा ठूलो नीजि ‘स्टार्ट–अप’ बन्यो । यसको बजार मूल्याकङ्न ७५ अर्ब गरिएको छ ।
चिनियाँ आर्थिक म्यागजिन ‘काइजिङ’का अनुसार बाइट–डान्सले सात महिनादेखि नयाँ मोबाइल निर्माण गरिरहेको थियो ।
तर प्रविधि विज्ञहरुले भने चीनको अत्यन्त प्रतिस्पर्धात्मक मोबाइल बजारमा टिकटक निर्माताले ल्याउने मोबाइललाई कठिन हुने बताएका छन् ।
चिनियाँ बजारमा एप्पल, सामसुङ र हुवावेबीच तीव्र प्रतिस्पर्धा छ । तिनले उपभोक्तालाई आकर्षित गर्नको लागि विज्ञापनमा ठूलो रकम खर्चिरहेका छन् ।
विगतमा ठूला अमेरिकी प्रविधि कम्पनी फेसबुक, अमेजन र गुगलले पनि आफ्नो प्राथमिक व्यवसायभन्दा फरक क्षेत्रमा हात हालेका उदाहरण छन् । तर तिनले तिनमा फरक–फरक उचारचढाव भोगे ।
फेसबुक समाजिक सञ्जाल क्षेत्रमा अत्यन्त सफल भएपनि उसले ल्याएको एन्ड्रोइड लञ्चर एप ‘होम’मा असफल भयो । त्यस्तै अमेजन किण्डल ट्यावलेट र इ–रिडर्समा सफल छ तर उसको फायर मोबाइल एक वर्ष पनि टिक्न सकेन ।