प्रधानमन्त्री रोजगार कार्यक्रमः अर्बौं खर्चेर १ लाख ७५ हजारलाई रोजगार

होमल्याण्ड खबर

२०७६ श्रावण १६ गते, बिहीबार १५:३० मा प्रकाशित

श्रम तथा रोजगार मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी १ लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको बताएको छ ।

६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी दिइएको थियो । रोजगारी पाएको दिन भने फरक छ ।

औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएको मन्त्रालयले जनाएको छ ।

सरकारले गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

सकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा झार, उखेल्न र मकै गोड्न आफ्ना कार्यकर्तालाई अर्बौं रकम वितरण गरेको आरोप लागिरहेका बेला मन्त्रालयले पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।