२ चैत्र २०८२, सोमबार
ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा नख्खु कारगारमा कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका पूर्णबहादुर राजीको मृत्यु भएको हो । बर्दीया घर भएका राजी मानसिक सन्तुलत गुमेका व्यक्ति भएको प्रहरीले बताएको छ ।


ललितपुर प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र धानुकका अनुसार कतर्व्य ज्यान मुद्दामा सजाय काटिरहेका कोमलकुमार महतोले सिमेन्टको ब्लकले हिर्काएर राजीको ज्यान लिएका हुन । महतो सर्लाहीका बासिन्दा हुन् ।
आक्रमणकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनीहरुबीच जुम्रा खोजीरहेको बेला आपसमा विवाद बढ्दै जाँदा झडपको रुप लिएको हो ।