२ चैत्र २०८२, सोमबार
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।
प्रत्येक बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजन गर्ने नियमित पत्रकार सम्मेलन गत बिहीबार अन्तिम समयमा स्थगित भएपछि आज हुन लागेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत बिहीबार बिशेष कारणवस हुन नसकेको पत्रकार सम्मेलन आज दिउँसो ३ बजे मन्त्रलायमा हुने जानकारी दिए ।


