तनहुँको बन्दीपुरमा बस दुर्घटनाः १९ यात्रु घाइते, २ को अवस्था गम्भीर

होमल्याण्ड खबर

२०७६ श्रावण १९ गते, आईतवार १२:५४ मा प्रकाशित

तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा बस दुर्घटना भएको छ । चितवनबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको हो ।

अनियन्त्रित भएर सडकबाट तल खसेको उक्त बसमा रहेका १९ यात्रु घाइते भएको र जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको पोखरा र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।