२ चैत्र २०८२, सोमबार
अमेरिकामा फेरि गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । अमेरिकाको ओहिओस्थित डेटोनमा स्थानीय समय अनुसार शनिबार राति १ बजे गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्तिको पनि घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । टेक्सासमा भएको गोली काण्डको करिब एक घण्टापछि ओरेगनमा गोली चलेको प्रहरीले जनाएको छ ।


टेक्सासमा भएको गोली
काण्डमा २० जनाले
ज्यान गुमाएका थिए
। उक्त गोली
काण्डलाई गभर्नर ग्रेग अब्बोटले
सो घटनालाई टेक्ससको
इतिहासको एउटा भयानक
दिन भनेका छन्
।
सो घटना सिलो
भिस्टा मलको वालमार्ट
स्टोरमा भएको थियो
। यो अमेरिका
र मेक्सिकोको सीमाबाट
केही माइल टाढा
पर्छ । एक
जना २१ वर्षीय
युवकलाई उक्त गोली
प्रहारमा संलग्न भएको आरोपमा
हिरासतमा लिइएको छ ।