२ चैत्र २०८२, सोमबार
माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।
उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीलाई गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) एकनारायण कोइरालाले जानकारी दिए ।


नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को सिधा कुरा जनतासंग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटना बारे थप अनुसन्धान हुने डिएसपी कोइरालाले बताए ।