९ मंसिर २०८१, आईतवार
चाबहिल–साँखु सडक खण्ड पिच नभएपछि स्थानीयबासी तथा व्यापारी पुनः आन्दोलनमा उत्रिएका छन् । केही समयअघि आन्दोलनकै कारण काम सुरु भए पनि सडकको अवस्थामा अपेक्षाकृत सुधार नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आफूहरुले लामो समसयसम्म धुलो र हिलोको सास्ती खेप्नुपरेको र अब सहन नसक्ने स्थानीयको भनाइ छ । सडकमा उत्रेका स्थानीय तथा व्यापारी सडकमा ठूलाठूला ह्युम पाइप राखेर सवारी आवतजावत अवरुद्ध पारेका छन् । जनतालाई सास्ती दिन पाइँदै, सडक छिटो पिच गर, अत्याचार गर्न पाइँदै यो सरकार चाहिँदैन भन्दै उनीहरुले नारा लगाइरहेका छन् । यातायात अवरोध खुलाउने प्रहरीको प्रयास सफल हुन सकेको छैन । आन्दोलनका कारण चाबहिल–बौद्ध सडक खण्डको दुईतर्फी यातायात अवरुद्ध भएको छ ।