२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ललितपुरको मेडिसिटी अस्पतालमा उपचारत नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । बुधबार बिहान अस्पताल पुगेर नेता पौडेलले प्रतिनिधिसभा सदस्यसमेत रहेका सिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा नेता सिंहसँगको तस्बिर सार्वजनिक गर्दै उनको स्वास्थ्यमा क्रमिक सुधार भइराखेको जानकारी दिएका छन् ।
यसअघि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुले अस्पतालमै पुगेर सिंहको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँका अनुसार नेता सिंहलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल लगिएको थियो ।

