पूर्वराजा ज्ञानेन्द्र भोलि थाइल्याण्ड भ्रमणमा जाँदै

होमल्याण्ड खबर

२०७६ श्रावण २३ गते, बिहीबार ०९:२७ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ ।

उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी छन् । अधिकांश भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् ।

करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन् ।