९ मंसिर २०८१, आईतवार
अपी पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन एनआईसी एसिया बैंकको अगुवाईमा सम्पन्न हुने भएको छ ।
कम्पनीले निर्माण गर्ने माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा बैंकले कन्सोर्टियमको अगुवाई गरी १३० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।
बुधबार कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपाने र बैंकका सहायक कार्यकारी प्रमुख सन्तोशकुमार राठीले हस्ताक्षर गरेका छन् । उक्त आयोजना माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम आगामी मंसिर १ गतेदेखि सुरु गर्ने जनाएको छ ।