बकर ईदले गरिब र इस्टमित्रलाई सहयोग गर्न सबैलाई उत्प्रेरित गर्छ : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७६ श्रावण २७ गते, सोमबार ०८:३५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। ईद–उल– अज्हा (बकर ईद) को अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकोले यहाँका सबै जाति र संस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएका छन्।

सन्देशमा छ, नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ । बकर ईदले आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, बिहान सबेरै ईदको नमाज पढेपछि आ–आफनो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा,अर्को एक हिस्सा गरिबलाई र बाँकी एक हिस्सा इस्ट मित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।

यस्तो प्रचलनले मानवीयताको एउटा नमुना प्रदर्शन गरेको छ । बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।