२ चैत्र २०८२, सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष, २०२०अभियानको प्रचार गरिदिन आम नागरिकसँग आग्रह गरेका छन् ।
एक अनुरोध पत्र सार्वजनिक गर्दै मन्त्री भट्टराईले फेसबुक, वेभसाइट, ट्वीटर र इनिष्टाग्रामलगायतका सामाजिक सञ्जालमा अभियानको लोगो राखि दिन आग्रह गरेका छन् ।


अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसारगरी अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नकालागि सहयोग पुर्याउन मन्त्री भट्टराईले आग्रह गरेका छन् ।
विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीबाट उल्लेखनीय सहयोगको अपेक्षा गरेको मन्त्री भट्टराईको भनाई छ ।
मन्त्री भट्टराईले नेपाल भ्रमण बर्ष, २०२०को अभियानलाई सफल बनाउन सबैको थप सहयोग, समन्वय र सहकार्यको नेपाल सरकारले सदैव अपेक्षा गरेको जनाएका छन् । उनले सार्वजनिक एवं निजी क्षेत्रका संगठित संस्थाहरुले पनि यस कार्यलाई उत्साहकासाथ साथ दिनु अनुरोध गरेका छन् ।
