२ चैत्र २०८२, सोमबार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावसले बोलाएको छ ।
सुरुमा भिसा दिन अस्वीकार गरेको दूतावसले फेरि ‘रिभ्यू’ का लागि भन्दै बोलाएको हो ।


दूतावासले बोलाएको भन्दै यतिबेला सन्दीप र उनका केही साथिहरु काठमाडौंस्थित अमेरिकी दूतावासमा पुगेका छन् ।
उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा दिएका थिए ।
आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो थियो ।