२ चैत्र २०८२, सोमबार
लोकसेवा आयोगको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन् ।
आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ। आज बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप भएको थियो ।


केही समय अवस्था असामान्य भएपनि हाल भने प्रदर्शनकारीहरु सडकमै बसेर धर्ना दिइरहेका छन् । लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियन्ताले जनाएको छ ।