२ चैत्र २०८२, सोमबार
न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् ।
उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।


उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरीले जानकारी दिए ।
लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे चितवन ल्याइएको हो ।