सकियो पुनः थपिएको ५ दिनको म्याद, रवि लामिछाने सहित ३ जनालाई अदालतमा पेस गरिदैं

होमल्याण्ड खबर

२०७६ भाद्र ८ गते, आईतवार १२:४१ मा प्रकाशित

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ ।

पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद थपिएको थियो ।

आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ ।

यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ