९ मंसिर २०८१, आईतवार
एजेन्सीः एप्पल कम्पनीले आफ्नो नयाँ आइफोन ११ सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ ।
एप्पलले उक्त फोनका साथै नयाँ आइप्याड र नयाँ म्याकबुक पनि सार्वजनिक गर्न लागेको हो ।
नयाँ आइप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ ।
एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आइफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ ।
समाचारमा बताइएअनुसार यसपटक आइफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रेयर क्यामेरा पनि मिल्न सक्नेछ ।
एप्पलले यसअघि डब्ल्यूडब्ल्यूडीसी २०१९ कार्यक्रममा आफ्ना नयाँ आईप्याड सार्वजनिक गरेको थियो ।