३ चैत्र २०८२, मंगलवार
चेकप्वाइन्ट थापेर जाँच गरिराखेको प्रहरी टोलीलाई हतियार देखाउँदै भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । मंगलबार राति चेकिङका बेला प्रहरीलाई हतियार देखाएर भाग्न खाेजेका वीरगञ्ज महानगरपालिका १६ निवासी सन्तोष दास तत्मा प्रहरीको गोली लागेर घाइते भएका हुन ।
दाहिने खुट्टामा गोली लागेका तत्माको नारायणी अस्पतालमा उपचार भइरहेको छ। विशेष सूचनाको आधारमा मंगलबार राति साढे ९ बजेदेखि वीरगन्ज १३ राधेमाईमा चेक प्वाइन्ट थापेको थियो।


प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठाैरका अनुसार तत्मा गए राति १० बजेर१० मिनेटको समयमा प्रहरीलाई हतियार देखाएर भागेपछि गोली प्रहारगरिएको हो। उनको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने गोली १७ राउन्ड बरामद भएको छ। १ सय ७० ग्राम लागूऔषध पनि बरामद गरिएको छ। तत्माले यसअघि कर्तव्य ज्यान र हातहतियार मुद्दामा जेल सजाय काटिसकेको प्रहरीले जनाएको छ।