३ चैत्र २०८२, मंगलवार
लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो ।
क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको हो ।


कम्पनीकाअनुसार जहाजमा यात्रु नरहेको र चालक दलका सदस्य र जहाज सुरक्षित रहेको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले ट्विटमार्फत जानकारी गराएका छन् । सीता एयरले पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडान गर्दै आएको छ ।