ग्राहकको रोजाइमा निटको

होमल्याण्ड खबर

२०७६ भाद्र २० गते, शुक्रबार १२:५६ मा प्रकाशित

निटको टायल लिमिटेड कम्पनी एक अन्तर्राष्ट्रिय टायल उत्पादन कम्पनी हो । विश्वका ५० भन्दा वढी देशहरूमा आफ्नो बजार विस्तार गर्न सफल भएको टायल कम्पनीको रुपमा यसलाई लिन सकिन्छ । निटको टायल कम्पनी नेपाली बजारमा करिब ७ बर्ष अघिदेखि आफ्नो क्षेत्र विस्तार गर्दै आएको छ । नेपालका लागि निटको कम्पनीका प्रमुख उत्तम रिमालसंग नेपालमा टायल बजारको सुरुवाती अबस्था, गुणस्तर र हालसम्मको बजार अबस्थाबारे होमल्याण्ड मिडियाको सह-सम्पादक पुजा बगालेसंग गरेको कुराकानीः

निटको कस्तो टायल कम्पनीको रुपमा लिन सकिन्छ ?

निटको टायल कम्पनी इन्टरनेशनल स्तरको टायल मार्वल उत्पादन कम्पनी हो । इटालियन कम्पनीको टेस्नोलोजीमा उत्पादन हुने टायल कम्पनी हो निटको । यसले उत्पादन गरेको टायलहरु विश्व बजारमा आफ्नो ब्राण्ड बनाउन सफल भएको टायल हो ।

अन्य टायल र निटको टायलमा उपभोक्तले के फरक पाउन सक्छन् ?

विश्वकै उच्च प्रविधीबाट उत्पादन हुने टायल हो निटको टायल । फुल्ली अटोमेसन मेसिनबाट उत्पादन हुने भएकोले यसको quality control एकदमै राम्रो छ । अन्य ब्राण्डका टायल ब्रेकीङ स्ट्रेन्थ १८०० – १९०० सम्म हुन्छ तर निटको टायलको ब्रेकीङ स्ट्रेन्थ २८०० न्युटन भएकोले अन्य ब्राण्डका टायलसंग निटको टायलको उत्पादन निकै राम्रो छ । आधुनिक डिजाइनमा उत्पादन हुने टायलले कलात्मक शैलिमा आफ्नो आकर्षक डिजाइन दिदै आएको छ । त्यसैले अन्य टायलभन्दा धेरै फरक छ । विश्वका ५० भन्दा बढी देशहरुमा बिक्री वितरण भइरहेको छ । यो टायल पुरै वातावरणीय हिसावले बनाइएको छ ।

नेपालमा निटको टायलको सुरुवाती समय देखि हालसम्मको बजार अबस्था कस्तो छ ?

नेपालमा २०१३ साल देखि निटको टायलले विक्री वितरण सुरु गरेको हो । सुरु सुरुमा निटको टायलको बारेमा उपभोक्तालाई बुझाउन नै समय लाग्यो । टायल उत्पादन कम्पनी र यसले उत्पादन गर्ने टायलको गुणस्तरको कारणले नेपालमा सोचेभन्दा छिटो गतिमा बजार लिएको छ । करिव ७/८ बर्षको दौरानमा टायलमा हामीले नेपालको पहिलो नम्वरको टायल कम्पनी भएकमा छौं । गुणस्तरका हिसाबले, डिजाइनका हिसाबले र व्यापारको हिसाबले हामी नेपालमा टायलमा उत्कृष्ट छौं । राष्ट्रिय गौरवका आयोजना देखि ठुला–ठुला प्रोजेक्टहरुमा  Nitco टायल लगाएको छ । त्यस कारणले  Nitco अहिलेको अवस्था निकै राम्रो छ ।

इन्जीनियर आर्केटेकको हेराईमा निटको टायल कस्तो छ ?

इन्जीनियर आर्केटेकलाई डिजाइनमा हामीले हाम्रो रोजाइ अनुसारको डिजाइन दिएका छौं । टेकनिकल हेराइमा निटको एकदमै उत्कृष्ट छ । ग्राहकको चाहानालाई सर्वेक्षण गरेर यसको डिजाइन तथा उत्पादन हुने भएकाले इन्जीनियर आर्केटेकको रोजाइमा सजिलै पर्न सफल भएको छ ।

नेपालमा यसको डिलर कति छन् र डिमाण्ड कस्तो छ ?

नेपालभर ठुला डिस्टीन्युटर १५ ओटा र डिलर सव डिलर १०० भन्दा बढी छ । व्यापारको हिसाबले नेपालमा हामी एक नम्वरमा छौं । अन्त्यमा ग्राहकलाई के भन्न चाहानु हुन्छ । निटको टायल प्रयोग गर्दा ढुक्कहुनुहोस् यसको गुणस्तर अन्य टायलको भन्दा धेरै राम्रो छ । डिजाइहरु धेरै प्रकारका छन् फोलर, वाल सबै प्रकारका टायल भएकाले ढुक्क भएर लगाउनुहोस् एकचोटी लगाएपछि पुस्तौ- पुस्ता जान्छ । यो राम्रो खालको टायल हो ।