दसैंको टीका साइत बिहान १०:३५ बजे

होमल्याण्ड खबर

२०७६ भाद्र २२ गते, आईतवार १२:३४ मा प्रकाशित

यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो
। विजयादशमी असोज २१ गते मंगलबार परेको छ । घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ ।