विप्लवका छोरा प्रकाशसहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

होमल्याण्ड खबर

२०७६ भाद्र २५ गते, बुधबार १३:०० मा प्रकाशित

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन् । जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीलाई पनि प्रहरील पक्राउ गरेकाे छ ।

अस्पतालभित्र पसेर सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् ।