सांसदले मागे, स्वास्थ्यमन्त्रीको राजीनामा

होमल्याण्ड खबर

२०७६ भाद्र २६ गते, बिहीबार १५:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको आजको बैठकमा बोल्दै सांसद गौतमले डेंगु रोगको विषयलाई लिएर मन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले भने, ‘आम जनता डेंगुबाट आक्रान्त भैसके सरकार के हेरेर बसेको छ ?, मन्त्री के हेरेर बसिरहनु भएको छ ?, प्रधानमन्त्री पनि नेपाल आइसक्नु भएको छ, स्वास्थ्य मन्त्री कता हुनुहुन्छ ? म जोडदारका साथ तत्काल स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्दछु ।’

सरकारले यस्तो रोगको महामारीमा परेको बेला संकटकाल घोषणा गर्नुपर्ने वेला भएको समयमा सरकार कुम्भकर्णको निद्रामा निदाइरहेको छ भन्दै उनले थपे, ‘केवल रुलिङ गरेर पुग्दैन र सरकारले एक्सन लिनु पर्छ, मन्त्रीदेखि डाक्टरसम्म डेंगुबाट आक्रात भएको समयमा सरकारले यसलाई गम्भिरतापूर्वक लिन किन सकेन।