लामखुट्टे धपाउन बालिएको धूपले गोठमा आगलागी

होमल्याण्ड खबर

२०७६ भाद्र २७ गते, शुक्रबार ११:१३ मा प्रकाशित

पर्साको पोखरीया नगरपालिका–१०, शिवबर्वामा लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएको आगोले गोठमा आगलागी भएको छ ।

स्थानीइ रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा त्यहाँ बाँधिएका १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै, आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भएका छन् ।

प्रहरीका अनुसार, सो आगलागीमा मानवीय क्षति भने नभएको बताइएको छ ।