३ चैत्र २०८२, मंगलवार
आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मातहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।


यो वर्ष ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको छ ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।
विसं २०२१ सालको भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको हो ।