देशका अधिकांश ठाउँमा आइतबार पानी पर्ने

होमल्याण्ड खबर

२०७६ भाद्र २९ गते, आईतवार ०८:५० मा प्रकाशित

देशका अधिकांश ठाउँमा आइतबार पानी पर्ने अनुमान गरिएकाे छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले पनि मनसुनी गतिविधि केही सक्रिय भएको महाशाखाले महाशाखाले जनाएको छ ।