३ चैत्र २०८२, मंगलवार
तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज (सोमबार) बिहानै भारतीय बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन् ।
मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा उक्त बसमा सवार २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् ।
घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।