लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

होमल्याण्ड खबर

२०७६ भाद्र ३१ गते, मंगलवार १०:१३ मा प्रकाशित

लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकोप्टरको काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको हो।

काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा चारवटा खराब मौसमका कारण काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। ‘एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छु’, उनले भने, ‘८ वटा हेलिकप्टर लुक्काबाट उडेका रहेछन्। खराब मौसमका कारण ल्यान्ड गर्नुपरेको सूचना पाएका छौँ।’

मानङ एअरका दुई हेलिकप्टरमा ५ जना विदेशी, सिम्रिक एअरको हेलिकोप्टरमा पाँचजना विदेशी रहेको प्रहरीले जनाएको छ।

काठमाडौंको भिजिबिलिटी कम भएका कारण हेलिकप्टरहरू ल्यान्ड गर्न नसक्ने भएकोले काभ्रेमा ल्यान्ड गारइको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट