यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

होमल्याण्ड खबर

२०७६ भाद्र ३१ गते, मंगलवार १२:१४ मा प्रकाशित

आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । यो क्रम अझैँ केही दिन लम्बिने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बिहीबारसम्म देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जनसहित मध्यम वर्षा हुनेछ।

मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्मको मौसमी अवस्थाबारे जानकारी दिँदै देशभर मेघ गर्जनसहित सामान्यदेखि मध्यम वर्षा हुने जनाएको हो।

महाशाखाका अनुसार केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ ।

हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।

हाल पूर्वि तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ। बाँकी भू-भागमा पनि आंशिकदेखि सामान्य बादलीको अवस्था रहेको बताइएको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू-भागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गते (बुधबार)
दिउँसो: देशभर सामान्य बदली रही मध्य भू-भागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गते (बिहिबार)
दिउँसो: देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति: देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।