भक्तपुरमा १४६ जनामा डेंगु भएको पुष्टि

होमल्याण्ड खबर

२०७६ भाद्र ३१ गते, मंगलवार १२:४७ मा प्रकाशित

भक्तपुरमा हालसम्म १४६ जना डेंगु रोग बिरामी भएको पुष्टि भएको छ ।

देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा पनि महामारीका रुपमा फैलिँदै गएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारका अनुसार भक्तपुरमा हालसम्म १४६ जनामा डेंगु देखिएको छ । उनले भने, ‘डेंगुका बिरामीहरुको उपचार पश्चात निको हुने क्रम समेत बृद्धि भएको छ ।’

भक्तपुरमा साउन महिनाको अन्तिम साता देखिएको डेंगु भदौंको अन्तिम सातासम्म बिरामीको संख्यामा ह्रवातै बढेको पाएको छ ।

भक्तपुरमा डेंगुको महामारी फैलिएसँगै स्थानीय तहले लामखुट्टे नष्ट गर्ने अभियान चलाएका छन् ।

डेंगु रोग नियन्त्रण गर्न भक्तपुरका चारै नगरपालिका भक्तपुर, मध्यपुर थिमि, सुर्यविनायक र चाँगुनारायण नगरपालिकाले विभिन्न खालका गतिबिधिहरु सञ्चालन गर्दै आएका छन् ।