९ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको शिलन्यास गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटार भित्र बन्न लागेका नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै आफ्नो कार्यकाल उक्त भवन बनाउँदैमा सकिने बताउँदै अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने र त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले उक्त भवनमा आफ्नो कार्यकाल विताउने बताए ।
संसद भवनका लागि किन धेरै खर्च गरेको भन्दै आलोचना भएको विषयलाई कोट्याउँदै प्रधानमन्त्री ओलीले भने ‘म अहिले ४१ औं प्रधानमन्त्री छु । यो प्रधानमन्त्री निवासमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’
हालको निवास नजिकै बन्न लागेको नयाँ भवनको बारेमा बोल्दै उनले यो भवन निर्माण कार्य भर आफुले शान्त महशुस गर्न नपाउने बताए । उनले भने, ‘मेरो कार्यकाल ठाङठाङ– ठुङठुङमा बित्ने भो, मैले बिहानैदेखि साँझसम्म यहि ठाङठाङ– ठुङठुङ सुन्न पर्नेछ । अबका प्रधानमन्त्री भने शान्तसँग बस्न पाउनुहुनेछ ।’
हालको सरकारी निवास भूकम्पले क्षति पुर्याएको भन्दै ४० करोड रुपैयाँ ९भ्याटबाहेक० खर्च गरेर प्रधानमन्त्री निवासका लागि दुईवटा नयाँ भवन बनाउन लागिएको हो । नयाँ भवन २ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।