राष्ट्रपतिद्वारा ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान

होमल्याण्ड खबर

२०७६ आश्विन ३ गते, शुक्रबार १४:३५ मा प्रकाशित

संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ६ सय ३४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरिएको छ।

नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइएको छ ।

उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाबट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई सम्मानित गरिएको छ भने सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, तथा स्व. पर्यटन व्यवसायी आङछिरीङ शेर्पा समेत सात जनालाई सम्मानित गरिएको छ।

नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अङ्कारबाट ७ विभूषित भएका छन्। नेपाली सेनाले मात्र प्राप्त गर्ने परम पौरखबाट सहायक रथी विनोद पाण्डे विभूषित भएका छन्। सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभूषण ३० जनाले प्राप्त गरेका छन्। नेपाली सेनाले मात्र प्राप्त गर्ने अतिपौरख भाष्करबाट २०, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप आभूषणबाट २३, समाजसेवा रत्नबाट १६, नेपाली सेनाले मात्र प्राप्त गर्ने महापौरख भाष्करबाट ४३, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप भूषणबाट १६ जना सम्मानित भएका छन्।

त्यस्तै लोकश्री १, राष्ट्रसेवक २, सत्कार्य पदक १, शिक्षाज्योति पदक ५, सगरामाथा पदक १, सुकीर्ति पदक ६, वीरता पदक ५ र शौर्य पदक ६ जनालाई प्रदान गरिएको छ।